Recent updates :

Anesthesia Assistant Course विधार्थी भर्ना सम्वन्धि सूचना Click To View Or Download Anesthesia Assistant Course(AAC) Entrance Exam Result सूचना करार सेवाका लागि दरखास्‍त आव्‍हान सम्‍बन्‍धी सूचना MD/MS/MDS Regular/Supplementary Final Examination Result Orientation Program for MS/MSc MIT Students 2080/81 Batch Orientation Program for MD/MS/MDS Residents 2080/81 Batch Training in Medical Education for 2nd Year MD/MS/MDS Resident , MN 1st Year & MSc. MIT 1st Year Student MD/MS/MDS तहको अन्तिम परिक्षा को कार्यक्रम तथा परिक्षा फोर्म भर्ने सूचना २०८० उम्मेदवार सिफारिस सम्बन्धि सूचना करार सेवामा कर्मचारी लिने सम्बन्धि शैक्षिक सत्र २०८०/८१ प्रथम बर्षको अध्ययन कार्यक्रम सम्बन्धि सूचना मेडिकल अफिसर उमेदवार सिफारिस गरिएको सूचना प्रेस विज्ञप्ती संशोधित परिक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना Exam Schedule !! Vacancy Announcement for ( Medical Officer and Staff Nurse) !!
team image
✍️Dr. Santosh Poudel
Director

Director Message

नमस्कार !

वीर अस्पताल सर्वसुलभ एवं गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवाको लागि सुपरिचित छ।स्थापनाको 134 औं बर्षसम्म पनि आम जनताको विश्वास प्रति हामी कृतज्ञ छौं।जनताले अस्पतालप्रति देखाएको आशा र भरोसालाई कत्ति पनि कम हुन नदिन हामी अनवरत प्रयासरत छौं।

आधारभुत देखि अति विशिष्टिकृत स्वास्थ्य सेवा एकै छानामुनी प्रदान गर्नुपर्दा वीर अस्पताल जहिले पनि जनशक्ति र स्रोतसाधनको सन्दर्भमा चापमा रहने गरेको यथार्थ हामीमाझ छर्लङ्ग छ। अन्तराष्ट्रियस्तरमा उपलब्ध भएका नविनतम प्रविधि र उपचार पद्धतीलाई आत्मसात गरि सेवालाई परिष्कृत गरिदै लगिएको छ। Evidence Based Medicine को अवधारणालाई अंगिकार गर्दै विश्वस्तरको स्वास्थ्य सेवा नेपाली जनताले पनि पाउनुपर्छ भन्ने सोचमा आधारित रहेर प्राज्ञिक कार्यक्रमलाई पनि वीर अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मार्फत अंगिकार गरिरहेको छ।

वीर अस्पताल सर्वसुलभ स्वास्थ्य सेवाको पर्यायवाची नै हो भन्दा अतिशयोक्ति नहोला। विशेषगरी आकस्मिक उपचार, सघन उपचार एवं शल्यक्रिया जस्ता जटिल र संवेदनशिल स्वास्थ्य सेवामा जनताको Out Of Pocket Expenditure बढिनै हुने गरेको छ। उक्त विषयलाइ स्वास्थ्य बीमा मा समेट्ने प्रयास तथा पहलकदमी गरिएको छ। स्वास्थ्य बीमाको अवधारणा लागू भैसकेको हालको परिप्रेक्ष्यमा आम सेवाग्राहीको अपेक्षा पनि बढेका छन्।सँगसँगै यसले सेवाको छरितोपनमा हामीलाई चुनौति पनि थपिदिएको छ। नयाँ सर्जिकल भवन मार्फत सर्जिकल सेवाको बढ्दो माग र चापलाई व्यवस्थित गर्दै छिटो छरितो सेवा दिन प्रयासरत छौ। निकट भविष्यमा विस्तारित अस्पताल सेवा मार्फत सेवा अवधि बढाई अहिलेको चापलाई धेरै हदसम्म सम्बोधन गर्न सकिन्छ भन्ने अपेक्षा सहित सो काममा अगाडि बढेका छौं।

ICU को क्षमता बढाउन HDU को संख्या थपेर Step-down Facility को रुपमा विकास गरिदै छ। यसरी सघन उपचारको क्षमता 100 वेड सम्म पुर्याउने लक्ष्य रहेको छ।आकस्मिक सेवालाई Standard Treatment Protocol सहित प्राथमिकताका आधारमा उपचारको व्यबस्था गरिदै छ। आकस्मिक उपचारको लागि पनि पालो कुर्नु पर्ने अवस्थालाई अन्त्य गर्न वेड क्षमता वृद्धि गर्दै छिटो छरितो आकस्मिक सेवा र Definitive Care को अवधारणामा पनि काम गर्दैछौ।

अन्त्यमा, आधुनिक चिकित्सा सेवा र चिकित्सा शिक्षालाई नेपालमा अबलम्बन गर्ने पहिलो अस्पतालको गर्बिलो इतिहास भएको वीर अस्पतालको गरिमालाइ कायम गर्नु हामि सबैको कर्तब्य हो।यहाँ कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सरोकार राख्ने व्यक्ति तथा संस्था साथै आम नागरिकको साथ सहयोग सहकार्य एवं रचनात्मक सुझाबको सदैब अपेक्षा गर्दछु।