Recent updates :

लिखित परीक्षा सञ्‍चालन सम्बन्धी सूचना फार्मेसी सहायक(पांचौ तह) करार सेवामा कर्मचारी लिने सम्बन्धी सूचना फार्मेसी सहायक(पांचौ) Final Thesis Notice करार सेवामा नर्सिङ्ग शिक्षक लिने सम्बन्धि संशोधित सूचना परिपत्र एक वर्षे Anesthesia Assistance Course को अन्तिम परीक्षाको नतिजा करार सेवामा नर्सिङ्ग शिक्षक फारम करार सेवामा नर्सिङ्ग शिक्षक लिने सम्बन्धी सूचना Click To View Or Download Full Details Anesthesia Assistant Course विधार्थी भर्ना सम्वन्धि सूचना Click To View Or Download Anesthesia Assistant Course(AAC) Entrance Exam Result सूचना करार सेवाका लागि दरखास्‍त आव्‍हान सम्‍बन्‍धी सूचना MD/MS/MDS Regular/Supplementary Final Examination Result Orientation Program for MS/MSc MIT Students 2080/81 Batch Orientation Program for MD/MS/MDS Residents 2080/81 Batch Training in Medical Education for 2nd Year MD/MS/MDS Resident , MN 1st Year & MSc. MIT 1st Year Student MD/MS/MDS तहको अन्तिम परिक्षा को कार्यक्रम तथा परिक्षा फोर्म भर्ने सूचना २०८० उम्मेदवार सिफारिस सम्बन्धि सूचना करार सेवामा कर्मचारी लिने सम्बन्धि शैक्षिक सत्र २०८०/८१ प्रथम बर्षको अध्ययन कार्यक्रम सम्बन्धि सूचना मेडिकल अफिसर उमेदवार सिफारिस गरिएको सूचना प्रेस विज्ञप्ती संशोधित परिक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना Exam Schedule !! Vacancy Announcement for ( Medical Officer and Staff Nurse) !!
team image
✍️Prof. Dr. Bhupendra Kumar Basnet
Vice Chancellor

Vice Chancellor Message

चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न र सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको हो । प्रतिष्ठानको मुख्य कार्यालय वीर अस्पताल काठमाडौँमा रहेको छ । प्रतिष्ठानलाई अंग्रेजी भाषामा नेशनल एकेडेमी अफ मेडिकल साईन्सेज (National Academy of Medical Sciences ( NAMS) भनिन्छ ।

वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ठूलो अस्पताल मध्येको एक हो । यो अस्पताल वि.सं. १९४७ (सन् १८८९ ) श्रावण १२ गते बीर शम्शेरको पहलमा १५ शैयाबाट सुरु गरिएको थियो । यस अस्पतालबाट सन् १९३३ मा नेपाल कै पहिलो मेडिकल शिक्षा दिने सिभिल मेडिकल स्कुलको शुरुवात गरी ड्रेसर र कम्पाउन्डरको तालिम शुरु गरिएको थियो । पछि नर्सिङ शिक्षाको अध्यापन पनि शुरु गरियो । यस अस्पताललाई सन् १९८७ मा बेलायतको रोयल कलेजले FRCS, MRCP /MRCOG शिक्षाका लागि दक्षिण एशियाको केन्द्रको रुपमा मान्यता दिएको थियो । त्यस्तै सन् १९९४ मा Post Graduate Medical Education Coordination Committee -PGMECC) मार्फत Post Graduate Education MD/MS को अध्ययन पनि शुरु भएको थियो ।

बीर अस्पतालको चौतर्फी विकास, गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रवाहमा उल्लेख्य योगदान पुर्याउन सक्ने दक्ष जनशक्तिको उत्पादनका लागि यस अस्पताललाई गुणस्तरीय शैक्षिक संस्थाको रुपमा बृद्धिविकास गर्न वि.सं. २०५९ सालमा नेपाल सरकारले अध्यादेश जारी गरी वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नती गरिएको थियो । यसरी प्रतिष्ठानको रुपमा कार्यरत वीर अस्पताललाई वि.स. २०६३ सालमा नेपाल सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( चि. वि. रा. प्र.) ऐन नै जारी गरेर विभिन्न शैक्षिक कार्यक्रमहरु (MD/MS) का साथै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा आधारित अनुसन्धानमूलक शैक्षिक गतिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आइरहेको छ ।